
काठमाडौं । नेपाल राष्ट्र बैंकले तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरयुक्त १० रुपैयाँको नयाँ नोट प्रयोगमा ल्याउने भएको छ । बैंकले साविककै आकार तथा रङ्गमा सङ्केत नं ०००००१ देखि प ९९९९९९ सम्मका १० रुपैयाँको नयाँ नोट बजारमा पठाउने भएको हो ।
राष्ट्र बैंकका अनुसार यो नोट आजदेखि चलनचल्तीमा ल्याइनेछ । नोटको अग्र भाग अन्तर्गत बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।
नोटको पृष्ठ भागअन्तर्गत नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको छ । नोटको मध्य भागमा कृष्णसारको चित्र रहेको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको ‘Series Number’ अंग्रेजीमा ‘2024 A.D.’ लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस्