राजदूत डा. लोक दर्शन रेग्मीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुझाए ओहादाको प्रमाण पत्र

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. लोक दर्शन रेग्मीले राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष ओहादाको प्रमाण पत्र पेश गरेका छन् ।

अमेरिकाको राजधानी वासिङटन डीसीमा आयोजित एक समारोहमा राष्ट्रपति ट्रम्पले रेग्मीको पत्र बुझेका थिए ।

राजदूत रेग्मीले राष्ट्रपति ट्रम्पसमक्ष ओहादाको प्रमाण पत्र पेश गरेकाे अमेरिकास्थित नेपाली दूतावासकाे आधिकारिक सामाजिक सञ्जालमा उल्लेख छ ।

भेटका क्रममा ट्रम्पले राजदूत रेग्मीसँग फोटो पनि खिचाएका थिए ।

२,असार.२०८२,सोमबार १६:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्