
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।
भोलि (बुधबार) बिहान साढे ८ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा विकसित राजनीतिक घटनाक्रम, एमालेसँग सत्ता सहकार्यको समीक्षा, रास्वपा र राप्रपाको अवरोध, पार्टीको १५ औं महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ ।
यस अघि असार १५ गते आइतबार दिउँसो १ बजेलाई बैठक तय गरिसकिएको छ ।
प्रतिक्रिया दिनुहोस्