
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले केन्द्रीकृत मानसितकताबाट संघीय सरकारले बजेट ल्याएको भनेर टिप्पणी गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘संघीयतालाई आत्मसाथ गर्ने भन्दा उल्टो केन्द्रीकरणको प्रवृति प्रकट भएको देखिन्छ । यसले स्थानीय र प्रदेश सरकारको अधिकारमा अतिक्रमण मात्रै नभएर समग्र शासन व्यवस्थामाथि नै प्रश्न उठाएको छ’ उनले भने ।
संघको जिम्मेवारी नीति निर्माण गर्ने भएको तर, बजेटले जिल्ला तहले समेत बजेट कार्यान्वयन गर्ने भनेर आएको उनले बताए ।
प्रदेश र स्थानीय तहले सञ्चालन गर्न सक्ने योजनालाई संघले नै कार्यान्वयन गर्ने गरी जिल्ला तहको संरचना राख्ने र त्यसमार्फत बजेट कार्यान्वयन गर्ने नीति गलत रहेको उनले बताए ।
प्रदेश र स्थानीय तहको भूमिका संकुचित गर्ने गरी बजेट आएको भन्दै उनले सत्तारुढ दलकै सांसदहरूले समेत गम्भीर समीक्षा गर्नुपर्ने आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्