इरानका आणविक क्षेत्रमा बम हानेर ट्रम्पले भने, ‘अब इरानले शान्ति बनाउनुपर्छ’

एजेन्सी । इजरायलको इरान विरुद्धको युद्धमा अमेरिकाले औपचारिक सहभागिता जनाएको छ ।

इरानसँग आणविक वार्ता गरिरहेको अमेरिकाले इरानमा इजरायलले हमला गरेपछि त्यसको ८ दिनपछि आफै सहभागिता जनाएर इरानलाई हमला गरेको हो ।

इरानका फोर्दो र अरू आणविक केन्द्रमा गरिएको हमला सफल भएको र बमहरू शक्तिशाली भएको ट्रम्पले दाबी गरेको बेलायती विश्व सेवा बीबीसीले उल्लेख गरेको छ ।

युद्ध विरोधी मतले चुनाव जितेका ट्रम्प आफै इजरायली युद्धमा जोडिएसँगै उनको अमेरिकामै आलोचना भएको छ ।

८,असार.२०८२,आईतवार ०९:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्