एसीसी यू-१६ : कप्तान विपिन शर्माको घातक बलिङमा १३५ रनमा रोकियो सिंगापुर

काठमाडौ‌ । सिंगापुरमा सुरु भएको एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले सिंगापुरलाई पहिलो इनिङमा १३५ रनमा रोकेको छ ।

नेपाली यु १६ टिमका कप्तान विपिनप्रसाद शर्माले ४ विकेट लिएपछि सिंगापुर कमजोर स्कोरमा समेटिएको हो ।

सिंगापुरका कप्तान रियान नाइकले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए । चौथो नम्बरमा आएका उनले ५३ बलमा ५३ रन जोड्दै टिमलाई अगाडि बढाएका थिए । ओपनर आहान भुथान्दमले विष्फोटक ब्याटिङ गर्दै ३२ बलमा ३८ रन जोडेका थिए ।

सिंगापुरले ६५ रन बनाउँदासम्म दुई विकेट मात्र गुमाएको थियो । तर, त्यसपछि नेपालका कप्तान शर्मा खेलमा हाबी भए । उनले ३४ रनको खर्चमा ४ विकेट लिँदै सिंगापुरको ब्याटिङ धराशयी बनाएका थिए । सिंगापुरले थप ७० रन जोड्दा ८ विकेट गुमाएको थियो ।

नेपालका लागि सचित भट्टले ६.१ ओभरमा १८ रन खर्चेर तीन विकेट लिएका छन् । यस्तै अभय यादव र शुभम खनालले एक–एक विकेट बाँडे ।

८,असार.२०८२,आईतवार १०:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्