
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् ।
संगठनको १४ औँ महाधिवेशनबाट शाही अध्यक्षमा निर्वाचित हुँदा यामबहादुर कुँवरले १६५ मत पाए भने कमला थापाले ११ मत पाइन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा जंगबहादर गर्वुजा ३०० मतका साथ विजयी भए भने संगम केसीले १५३ मत पाए ।
उपाध्यक्षमा कुलामा गोविन्द बहादुर भण्डारी २३८ मतका साथ विजयी हुँदा मनकाजी राईले २१० मत पाए ।
यस्तै महिला उपाध्यक्षमा अम्बिका चापागाईँले २९८ मत ल्याएर विजयी भइन् । लक्ष्मी दुलाल गजुरेलले १५३ मत पाइन् ।
महासचिवमा प्रकाश खनाल २४० मत ल्याएर विजयी भएका छन् । सुरेन्द्र कुमार घिमिरेले १७२ मत पाए ।
कोषाध्यक्षमा नरबहादुर रावल ३०२ मतका साथ विजयी भए ।
अन्य पदको को भए विजयी हेर्नुहोस् सूची
प्रतिक्रिया दिनुहोस्