काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

किरण साहलाई ५ हजार धरौटीमा रिहा गर्न अदालतकाे आदेश

2.51K
shares
khanepani bord

वीरगन्ज । पर्सा जिल्ला अदालतबाट किरण साह धरौटीमा रिहा भएकी छन् ।

बिहीबार जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले साहलाई ५ हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो ।

पाँच दिन हिरासतमा रहेकी साह धरौटी बुझाएपछि रिहा हुनेछिन् । खानेपानी मन्त्री प्रदीप यादवसँगकाे विवादपछि उनीमाथि तीन वटा मुद्दा दर्ता भएको थियो ।
साहविरुद्ध प्रहरीले विद्युतीय कारोबार सम्बन्धी अपराध, सङ्घीय सांसदलाई ज्यान मार्ने धम्की दिन नहुने र झुटा अफवाह फैलाएको कसुर सम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

khanepani