काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

नेपाल-चीन संयुक्त सैन्य अभ्यास आजदेखि सुरु हुँदै

1.39K
shares
khanepani bord

हेटौंडा । नेपाल र चीनबीच आज संयुक्त सैन्य अभ्यास सुरु हुँदैछ । नेपाली र चिनियाँ सेना बीचको संयुक्त सैन्य अभ्यासको यो पाँचौं संस्करण हो ।

यसलाई ‘सगरमाथा मित्रता अभ्यास’ नाम दिइएको छ । अभ्यास १० दिनसम्म काठमाडौंमा हुने छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले यसपटकको सैन्य अभ्यासको क्रममा विपद व्यवस्थापन, मानवीय सहायता लगायत विषयमा ज्ञानको आदानप्रदान हुने जानकारी दिए ।

नेपालमा चीनसँगको संयुक्त सैन्य अभ्यास आयोजना गरिएको यो तेस्रोपटक हो । नेपालमा २०७४ साल वैशाखमा पहिलोपटक चीनसँगको संयुक्त सैन्य अभ्यास आयोजना भएको थियो ।

२०७५ सालमा चीनको छेन्दुमा र २०७६ सालमा नेपालमा भएको थियो ।

त्यसपछि बीचमा कोभिड महामारीका कारण सैन्य अभ्यास आयोजना हुन सकेको थिएन ।

नेपाली सेनाले भारत, अमेरिका लगायतका देशहरुसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

khanepani