काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

महिला सरकारी वकिलहरूको पहिलो राष्ट्रिय सम्मेलन भोलि देखि काठमाडौँमा सुरु हुने

1.6K
shares
khanepani bord

काठमाडौँ । महिला सरकारी वकिलहरूको पहिलो राष्ट्रिय सम्मेलन भोलि (सोमबार) देखि काठमाडौँमा सुरु हुने भएको छ।

‘महिला सरकारी वकिलको सशक्तीकरण: फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने नाराका साथ महान्यायाधिवक्ताको कार्यालयले यो दुई दिने सम्मेलन आयोजना गर्न लागेको हो।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सहन्यायाधिवक्ता मीना गुरुङले दिएको जानकारी अनुसार, भोलि (सोमबार) र पर्सि (मंगलबार) सम्म चल्ने यस सम्मेलनमा देशभरका महिला सरकारी वकिलहरूको सहभागिता रहनेछ।

सम्मेलनमा ५ वटा कार्यपत्र प्रस्तुत गरिनेछ र त्यसपछि घोषणापत्र जारी गरिनेछ।

सम्मेलनले महिला सरकारी वकिलहरूको पेसागत क्षमता अभिवृद्धि, नेतृत्व विकास र लैङ्गिक समानता लगायतका विषयमा छलफल गर्ने सहन्यायाधिवक्ता गुरुङले बताएकी छिन्।

khanepani