काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

अर्को सूचना नआएसम्मका लागि यातायात कार्यालय ललितपुरका सबै सेवा बन्द

1.91K
shares
khanepani bord

काठमाडौँ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र ललितपुरले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द रहेको जनाएको छ ।

कार्यालयले आइतबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्याका कारण यो कार्यालयले उपलब्ध गराउँदै आएका सबै सेवा बन्द भएको जनाएको छ ।

कार्यालयले भनेको छ,‘यातायात व्यवस्था विभाग मीनभवनको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्याको कारण यस कार्यालयबाट प्रदान गरिँदै आएको सम्पूर्ण सेवाहरू ईडीएलभीआरएस सिस्टम सुचारु नभएको हुँदा अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

khanepani