काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

जेनजी आन्दोलनका क्रममा देशभरिका विभिन्न कारागारहरूबाट फरार ३७ कैदीबन्दी काभ्रेमा पक्राउ

1.51K
shares
khanepani bord

काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा देशभरिका विभिन्न कारागारहरूबाट फरार भएका ३७ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।

३७ कैदीबन्दीहरुलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर सम्बन्धित कारागार कार्यालयहरूमा पठाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

पक्राउ परेका मध्ये केन्द्रीय कारागारका १८ जना, डिल्लीबजार कारगारका १४ जना, नख्खु कारागारका ३ जना र सिन्धुली कारागारका २ जना छन् ।

शाहका अनुसार कर्तव्य ज्यानका १२ जना, जबरजस्ती करणीका ९ जना, लागुऔषधका ४ जना, चोरीका ४ तथा अपहरण तथा शरिर बन्धकका २ जना, सवारी ज्यानका २ जना, ओभर स्टे १ जना, ठगिका २ जना र मानव बेचविखनका १ जनालाई सम्बन्धित कारागार कार्यालयहरुमा पठाइएको छ ।

khanepani