काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

सिंहदरबार आगजनीमा ७ सय भन्दा बढी सवारी साधन जलेर नष्ट, कम्तिमा २० मोटरसाइकल चोरी

1.37K
shares
khanepani bord

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबारमा भएको आगजनीबाट करिब ७ सय सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन् ।

राष्ट्रसेवक कर्मचारी संगठन नेपालले संकलन गरेको विवरण अनुसार २५० भन्दा बढी चार पाङ्ग्रे सवारीसाधन र ४५० भन्दा बढी दुई पाङ्ग्रे मोटरसाइकल जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

संगठनका अनुसार सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालय सहित ३५ वटा कार्यालय परिसरमा रहेका गाडीमा क्षति पुगेको हो । जसमा सबै भन्दा बढी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र संघीय संसद सचिवालयका सवारी साधनमा बढी क्षति भएको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयमा रहेका कुनै पनि सवारी साधनमा क्षति पुगेको छैन ।

सिंहदरबारमै रहेका करिब २० मोटरसाइकल चोरी भएको र केही चार पाङ्ग्रे सवारीसाधन बाहिर लैजाने प्रयास समेत भएको पाइएको संगठनका अध्यक्ष शरणकुमार गुरुङले जानकारी दिए । उनका अनुसार आसपासका वर्कसपमा काम गर्ने मेकानिक चोरी गर्नका लागि सिंहदरबारमा प्रवेश गरेको आशंका गरिएको छ ।

संगठनले भदौ २६ गतेदेखि प्रधानमन्त्री कार्यालय सहित सबै मन्त्रालय र निकायमा रहेका सवारीसाधनको क्षतिको विवरण संकलन सुरु गरेको थियो । पाँच दिनसम्म चलेको संकलनपछि उक्त विवरण सार्वजनिक गरिएको हो ।

khanepani