मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस
वि.सं.२०८२ असोज २ बिहीवार १५:५८
shares

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टीबाट कारबाहीका लागि केन्द्रीय कार्यालयलाई सिफारिस गरिएको छ ।
मधेस प्रदेश जनमत पार्टी संसदीय दलका नेता महेश यादवले केन्द्रीय कार्यालयलाई कारबाहीका लागि सिफारिस गरेका हुन् ।
पार्टी तथा प्रदेशको संसदीय दलले मुख्यमन्त्रीबाट फिर्ता हुन पटक पटक भने पनि मुख्यमन्त्री सिंह फिर्ता नभएको भन्दै संसदीय दलका नेता यादवले बिहीबार अनुशासनको कारबाही गर्न केन्द्रीय सचिवालयलाई सिफारिस गरेका हुन् ।
मुख्यमन्त्री सिंहलाई पार्टीमा साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि सिफारिस गरिएको संसदीय दलका नेता यादवले बताए ।
उनले भने, ‘मुख्यमन्त्रीलाई फिर्ता आउन २४ घण्टाको समय दिएका थियौँ, त्यो समय हिजै सकिएको हो, तर उहाँ फिर्ता हुनुभएन अब पार्टीबाट नै कारबाही गर्ने गरी केन्द्रलाई सिफारिस गरेका छौँ ।’






















