काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

संसदीय समितिलाई नियमित काम अघि बढाउन राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको निर्देशन

1.14K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संसदीय समितिहरूलाई काम निरन्तर अघि बढाउन निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारस्थित कार्यकक्षमा चार वटा विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरी उनले यस्तो निर्देशन दिएका हुन् ।

बदलिएको राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले छलफल गरेका थिए ।

छलफलमा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसा कुमारी दाहाल, कमलादेवी पन्त र सोनाम गेञ्जेन शेर्पा, राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्याल र समिति सचिवहरू सहभागी थिए ।

khanepani