काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

चार शक्तिशाली आयोग बनाउन विश्वप्रकाशको माग भने, ‘मेरो सम्पत्तिको जाँच गरियोस्’

1.2K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार शक्तिशाली आयोग बनाउन सरकारसँग माग गरेका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै ४ आयोग तत्काल गठनको माग राखेका हुन् ।

उनले भदौ २३ मा जेनजीको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोगको घटनामा न्यायिक आयोग, भदौ २४ गतेको प्रदर्शनमा भएको घुसपैठ पश्चात् तोडफोड र आगजनीको सम्पूर्ण छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन माग गरेका छन् ।

यस्तै भ्रष्टाचारका विभिन्न मुद्दाउपर उच्चस्तरीय शक्तिशाली छानबिन र ०४६ यता उच्च पदमा पुगेका प्रत्येकको सम्पत्तिको छानबिन गर्न शक्तिशाली उच्चस्तरीय आयोग बनाउन माग गरेका हुन् ।

उनले भनेका छन्, ‘अहिलेसम्मको राजनैतिक यात्रामा म जम्माजम्मी एक पटक सांसद बनेँ, तर अपील गर्छु- मेरो जग्गा जमिन, बैङ्क खाता सबै सम्पत्तिको जाँच गरियोस् । राजनैतिक नेतृत्वमा रहेका हामी सबै नै परीक्षणका लागि तयार बनौँ ।’

khanepani