काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

अदालतको भवन जलेर नष्ट भए पनि न्यायको दीप निभ्न दिँदैनौँ : मुख्य रजिस्ट्रार पौडेल

1.04K
shares
khanepani bord

काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतको भवन जलेर नष्ट भए पनि न्यायको दीप ननिभेको बताएका छन्। उनले ‘पाल’ मुनिबाटै भए पनि न्याय प्रदान गर्ने कामलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले राष्ट्रका तीन प्रमुख अंगहरू– व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका– सबै ध्वस्त भएको भन्दै यो चुनौतीलाई अवसरमा बदल्नुपर्ने बताए। उनले नेपालभरका सबै अदालतबाट न्यूनतम सेवाहरू सुरु भइसकेको जानकारी दिए।

मुख्य रजिस्ट्रार पौडेलका अनुसार, करिब २५ हजार मिसिलमध्ये ३ हजार मात्रै सुरक्षित भेटिएका छन्। बाँकी २२ हजार मिसिलको पुनःप्राप्तिका लागि नेपाल बार एसोसिएसन र महान्यायाधिवक्ताको कार्यालयबाट सहयोग मागिने उनले बताए।

उनले न्याय सम्पादनमा कर्मचारीहरूको मनोबल उच्च राख्न सुरक्षाको प्रत्याभूति दिनुपर्ने आवश्यकतामा जोड दिए। सर्वोच्च अदालतमा इजलासहरू ‘पाल’ मुनि सञ्चालन गर्नुपरेको अवस्थालाई उनले ‘विडम्बनापूर्ण’ भनेका छन्।

उनले आईटीको सर्भरहरू पुनर्स्थापित गरेर सबै सेवाहरूलाई पुरानै अवस्थामा फर्काउने तयारी भइरहेको पनि बताएका छन्।

khanepani