काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि गर्‍यो कानुन संशोधनको प्रस्ताव

1.53K
shares
khanepani bord

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनका लागि सरकारलाई प्रस्ताव गरेको छ ।

आयोग पदाधिकारीहरुको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद् को बैठकले यो ऐनलाई अध्यादेश मार्फत् संशोधन गर्ने सम्भावना छ ।

निर्वाचन आयोग सूचना अधिकार सुमन घिमिरेका मतदाता नामावली ऐनको दफा ४ को संशोधन गर्न लागिएको हो । जस अनुसार अब आयोगले चाहेको अवस्थामा मतदाता नामावली खोलाउने सक्ने छ भन्ने प्रावधान राखिने छ ।

विद्यमान ऐनमा चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ने व्यवस्था छ ।

यो व्यवस्था अनुसार अब मतदाता नामावली संकलन गर्न मिल्दैनथ्यो । १८ वर्ष उमेर पुगेका धेरै युवाहरुको नाम छुट्ने भएकाले अहिले पुन मतदाता नामावली संकलन गर्नु पर्ने दबाब थियो । त्यसका लागि सहजीकरण गर्नका लागि नामावली संकलन गर्न लागिएको हो ।

विदेशमा रहेका नेपालीहरूलाई पनि मतदानमा संलग्न गराउने बारे पनि अहिले बहस सुरु भएको छ । तर उनीहरुलाई कसरी कुन विधिबाट समावेश गर्ने भन्नेबारे पनि आयोगले विज्ञहरुसँग छलफल थालेको छ ।

khanepani