काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति...

पुरा पढ्नुहाेस्

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त

1.38K
shares
khanepani bord

काठमाडौं । मन्त्रिपरिषदको आइतबारको बैठकले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशक (प्रमुख) मा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ । उनलाई आइतबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले नियुक्त गरेकाे गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

विभागका प्रमुख हुतराज थापा भदौ २९ मा अवकाश भएपछि उक्त पद रिक्त थियो । केपी ओली नेतृत्वको सरकारको वहिर्गमन र नयाँ सरकार गठनमा भएको बिलम्बका कारण विभागको प्रमुख नियुक्तिमा ढिलाई भएको हो ।

विभाग नेपाल सरकारको एकमात्र गुप्तचर निकाय हो । उक्त विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत छ । गुप्तचरी सूचनाको संकलन र विश्लेषणमा गम्भीर त्रुटी हुँदा भदौ २३ र २४ को जेनजी आन्दोलनले भयावह रुप लिएको चर्चा हुने गरेको छ ।

सरकारले नियुक्त गरेका प्रमुख कार्की अतिरिक्त मुख्य अनुसन्धान निर्देशकका रुपमा कार्यरत थिए । प्रहरी संरचनामा उक्त पद एआईजीस्तरको मानिन्छ ।

विभागको प्रमुखका निम्ति कार्कीसँगै अर्का अतिरिक्त मुख्य अनुसन्धान अधिकृत ओम जोशी प्रतिस्पर्धामा थिए । बढुवा वरियतामा कार्कीभन्दा जोशी अगाडि थिए ।

khanepani