काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने...

पुरा पढ्नुहाेस्

जेनजी आन्दोलनका क्रममा सेन्ट्रल जेलबाट भागेका टोपबहादुर लुगाफाटोसहित डिल्लीबजार कारागार फर्किए

1.53K
shares
khanepani bord

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सुन्धारास्थित सेन्ट्रल जेल (केन्द्रीय कारागार, जगन्नाथदेवल) बाट भागेका टोपबहादुर रायमाझी मंगलबार डिल्लीबजार कारागार कार्यालयमा हाजिर भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका रायमाझी विघठित प्रतिनिधिसभामा अर्घाखाँचीबाट निर्वाचित सांसद पनि हुन् । कारागार व्यवस्थापन विभागले विभिन्न कारागारबाट निस्किएका कैदी, बन्दीलाई अनुकूल हुने कारागारमा आफैँ उपस्थित हुन सूचना निकालेको थियो ।

उनले आफू काठमाडौंभित्रै रहेको, तर सेन्ट्रल जेलमा बस्ने वातावरण नभएका कारण उक्त कारागारमा बस्न इच्छा गरेको कारागार प्रशासनका एक कर्मचारीले बताए ।

‘उहाँले यहाँ बस्न मिल्छ कि मिल्दैन भनेर सोध्नुभयो’, ती कर्मचारीले भने, ‘पहिला पहिला भए मिल्दैन थियो, अहिले जुनसुकै कारागारमा सम्पर्कमा आए पनि राख्नु भन्ने निर्देशन भएकोले यतै बस्नुस् भन्यौँ ।’

उनले भदौ २४ को तोडफोड र आगजनीका कारण सेन्ट्रल जेलमा रहेका आफ्ना सम्पूर्ण बन्दोबस्तीका सामान नष्ट भएको कारागार प्रशासनलाई बताउँदै लुगाफाटो पनि लिएर आएको जानकारी दिएका थिए ।

सेन्ट्रल जेलका थुप्रै कैदी बन्दी अन्यत्र कारागारमा फर्किएका छन् । त्यहाँबाट भागेका ३३ सयमा कैदी बन्दीमध्ये एक हजारको हाराहारीमा मात्रै फर्किएको र करिब सयको हाराहारीका कैदीबन्दी देशका विभिन्न जिल्लाका कारागारमा गएको सेन्ट्रल जेलका प्रशासक कृष्णप्रसाद चापागाइँले बताए ।

IME
khanepani