काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

परराष्ट्रमन्त्रीमा राजेश हमालको चर्चा, कुरा अघि बढे अष्ट्रेलियाबाट तत्काल फर्किने

1.25K
shares
khanepani bord

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ‘महानायक’ राजेश हमाललाई सुशीला कार्की सरकारमा लैजानका लागि पहल सुरू भएको छ । सरकारनिकट पात्रहरूले उनलाई अनौपचारिकरूपमा प्रस्ताव समेत गरिसकेको स्रोतले बतायो ।

हमाल अहिले अष्ट्रेलियामा छन् । नेपालमा जेनजी आन्दोलन भएकै दिन गत भदौ २३ मा उनी प्रस्थान गरेका थिए । ‘यो नेपाली शिर उचाली’ नामक टेलिभिजन कार्यक्रमको छायांकनका लागि उनी गएका हुन् । जाँदै गर्दा उनले फेसबुकमा स्टाटस लेखेर आन्दोलनमा भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गरेका थिए ।

हमालले लेखेका थिए, ‘हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौं, उनीहरूको वर्तमानसमेत खोसिरहेका छौं । नेपाली भएकोमा यती लाज महसुस मैले कहिले गरेको थिइनँ । आजको दिन नेपालको इतिहासमा सबैभन्दा पीडादायी दिन बनेको छ ।’

उनी त्यता गएपछि देशको राजनीतिक सन्तुलनमा उलटफेर आएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गैरराजनीतिक सरकार गठन भएको छ ।
कार्कीले हिजो आफ्नो मन्त्रिपरिषद् दोस्रोपटक विस्तार गरिन् । तर, अझै पनि केही महत्वपूर्ण मन्त्रालयहरू खाली नै छन् । त्यसमध्ये परराष्ट्र मन्त्रालयको नेतृत्वमा राजेश हमालको चर्चा गरिएको हो । हाल सिड्नीमा रहेका हमाललाई अनौपचारिक रूपमा कुरा पुगेको भए पनि उनी ठोस र औपचारिक प्रस्तावको पर्खाइमा रहेको निकट स्रोतले बतायो ।

‘उहाँ अहिले मन्त्री बन्न आफ्नो तर्फबाट प्रयास गर्ने पक्षमा त हुनुहुन्न, तर सिरियस प्रस्ताव आयो भने सकारात्मकरुपमा सोच्न सक्ने बताउनुभएको छ,’ उनी निकट स्रोतले भन्यो ।

राजेशसँग कूटनीतिक अनुभव नभए पनि परराष्ट्र मामला उनको रूचिको क्षेत्र हो । उनका पिता चुडाबहादुर हमाल पूर्वराजदूत हुन् । बुवाले राजेशलाई पनि आफ्नै पदचिन्हमा हिँडाउन चाहेका थिए । तर, राजेशले कलाकारिता रोजेपछि उनी रुष्ट बने । यही मनमुटावका कारण लामो समय बाबुछोराबीच बोलचालसमेत भएको थिएन ।

६१ वर्षीय हमालले भारतको पञ्जाव विश्वविद्यालयबाट अंग्रजी साहित्यमा एमए (गोल्ड मेडलिस्ट) उत्तीर्ण गरेका छन् । चलचित्र क्षेत्रमा उनी बौद्धिक कलाकारका रुपमा समेत परिचित छन् ।

हमाल केही दिनपछि अष्ट्रेलियाबाट फर्किने सेड्यूल भए पनि परराष्ट्रमन्त्रीमा गम्भीर प्रस्ताव आएरु कुरा अघि बढेको खण्डमा तत्काल फर्किने तयारीमा रहेको स्रोतको भनाइ छ ।

khanepani