काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफूलाई अनाहकमा गाली...

पुरा पढ्नुहाेस्

वीर अस्पतालको सेवा प्रभावकारी बनाउन जेनजी समूहसँग छलफल, कर्मचारी आचारसंहिता पालना गर्न निर्देशन

1.25K
shares
khanepani bord

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले सेवा प्रवाहमा थप सुधार गर्नका लागि कर्मचारीहरूको कार्यशैलीमा कडाई गर्न निर्देशन दिएको छ।

आज एक सूचनामार्फत सबै स्वास्थ्यकर्मी, प्रशासकीय कर्मचारी, नर्स, सुरक्षा र सरसफाइ कर्मचारीहरूलाई आचार संहिता र कार्यसम्बन्धी कर्तव्य पालनामा अनिवार्यरूपमा ध्यान दिन निर्देशन दिएकाे छ । न्याम्सले प्रतिष्ठानको सेवा सुधारका म‌गलबार जेनजी समूहकाे नेतृत्वसँग समेत छलफल गरेकाे थियाे ।

‘प्रतिष्ठानले विगत देखि नै सेवाग्राहीलाई प्राथमिकतामा राखी आफ्नो दैनिक प्रशासनिक तथा अस्पताल सेवाहरु एवं शिक्षा प्रदान गरिरहेको भएता पनि यदाकदा सेवाग्राहीबाट व्यवस्थापन समक्ष विगतमा गुनासोहरु आएको र सोबारे परिपत्र समेत गरिएकोमा सो अपेक्षित सुधार नभएको भनि पुनः प्रतिष्ठानको सेवा सुधारका लागि मिति २०८२/६/०७ मा Gen-Z समूहको नेतृत्वसँग छलफल समेत भएकोले कर्मचारी आचार संहिता र सुशासन पालनको लागि सरोकारवाला सम्बन्धित सबैमा जानकारी गराइन्छ।’ सूचनामा भनिएकाे छ ।

अस्पताल प्रशासनका अनुसार दैनिक सेवाग्राहीहरूको चाप बढ्दै गइरहेको अवस्थामा कर्मचारीहरू समयमै आफ्नो कार्यस्थलमा उपस्थित भई जिम्मेवारी निर्वाह गर्नुपर्नेछ। कार्यसमयमा अनावश्यक रूपमा बाहिर जान, खाना खाने नाममा बेपत्ता हुने, वा निजी अस्पतालमा कार्य गर्न पाइने छैन।

त्यस्तै, बिरामी वा सेवाग्राहीलाई अन्य अस्पतालमा सिफारिस नगर्न, औषधि तथा सामग्री खरिद गर्न विशेष ब्रान्ड सुझाउन नपाउने, अस्पतालकै फार्मेसी प्रयोग गर्नुपर्ने लगायतका निर्देशनहरू दिइएका छन्। कर्मचारीहरूले पोशाक तथा आइडी कार्ड लगाएर मात्र सेवा दिनुपर्नेछ।


khanepani