काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

च्यासलसहित एमालेका ६४ कार्यालयमा ताेडफाेड र आगजनी, १५८ नेता-कार्यकर्ताका घर र व्यवसायमा क्षति

988
shares
khanepani bord

काठमाडौं । नेकपा (एमाले)ले आन्दोलनका नाममा आफ्ना पार्टी कार्यालयहरू तथा पार्टीका नेता–कार्यकर्ताको निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरणको समीक्षा गरेको छ।

एमाले केन्द्रीय कार्यालयको आज च्यासलमा बसेको बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिँदै देशभरका पार्टी कार्यालय र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको बताए ।

उनका अनुसार प्रारम्भिक विवरणले केन्द्रीय कार्यालयसहित ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको देखाएको छ। यस्तै, १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर र व्यवसायसमेत क्षतिग्रस्त भएका छन्।

हाल अधिकांश कार्यालयमा सरसफाइ र मर्मतको काम सुरु भइसकेको छ। महासचिव पोखरेलले पार्टी कार्यकर्ताहरू स्वयम्सेवी भावनाका साथ क्षति भएको संरचना पुनःस्थापना गर्ने अभियानमा जुटेको बताए । उनले राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्ति पुनः जुर्मुराएर उठ्दै गरेको बताए ।

khanepani