काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

नेपाल टेलिकमको नेटवर्कमा १० घण्टादेखि समस्या,भएको के हो ?

1.27K
shares
khanepani bord

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा १० घण्टादेखि समस्या देखिएको छ । टेलिकमको ‘ओसीएस मोड्युल’मा देखिएको समस्याका कारण मध्यरात १२ बजेतिरदेखि भ्वाइस तथा डाटामा समस्या देखिएको हो ।

टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार सुरुमा भ्वाइस र डाटा दुवैमा समस्या देखिएकोमा अहिले भ्वाइसमा देखिएको समस्या समाधान भएको छ । डाटामा भने अझै समस्या बाँकी नै रहेको उनको भनाइ छ ।

अहिलेसम्म पनि उक्त समस्या पत्ता लगाउने क्रममै रहेकोले समाधानका लागि केही समय लाग्नसक्ने उनको भनाइ छ । ‘भ्वाइसको समस्या पिनप्वाइन्ट भयो, यो समाधान भइसिकेको छ । डाटा अझै डिस्टर्ब, प्राविधिक साथीहरु यसमा दिलगिरहनु भएको छ, छिटै समस्या समाधान होला,’ उनले भने ।

khanepani