काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ...

पुरा पढ्नुहाेस्

आजदेखि अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र हुने

1.12K
shares
khanepani bord

काठमाडौं । आजदेखि अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र हुने भएको छ ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी गराएका हुन ।

उनका अनुसार अबदेखि आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन(दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुने छ। यसले समय, लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।

डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै अब कर्मचारीले हातले गर्ने प्रक्रिया अन्त्य हुने र सम्पूर्ण रेकर्ड सुरक्षित रूपमा डिजिटल आर्काइभमा रहने मन्त्रालयले जनाएको छ ।

khanepani