काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

अर्थ मन्त्रालयले जेनजी आन्दोलनमा जलेका २९ गाडी गर्‍यो मर्मत, लागत झण्डै २३ लाख

1.42K
shares
khanepani bord

काठमाडौं । अर्थ मन्त्रालयले जेनजी युवा आन्दोलनका दौरान जलाइएका २९ वटा सवारी साधनको मर्मत सम्भार गरेको छ । मर्मतमा झण्डै २३ लाख खर्च भएको छ ।

मन्त्रालयका अनुसार चार पाङ्ग्रे २९ वटा सवारी साधनको अप्रत्याशित र विशेष कारणबाट यथाशीघ्र मर्मत गर्न कोटेसन माग गरिएको थियो । सो अनुसार जगन्नाथ अटो केयर सिनामंगल काठमाडौंले २२ लाख ७८ हजार ९५० रुपैयाँमा सबैभन्दा कम मूल्यको प्रस्ताव गरेको थियो । सो कम्पनीमार्फत सवारी साधनको मर्मत गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले यस वर्ष नयाँ सवारी साधन नकिन्ने बताएको छ । निर्वाचन प्रयोजन बाहेक अन्य निकायहरुले समेत नयाँ गाडी किन्न पाउने छैनन् ।

जेनजी युवा आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा दर्जनौं सरकारी गाडीहरुमा आगजनी भएको थियो । आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनहरुमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ ।

तर सरकारी कार्यालयहरुले संकलन गरेको प्रारम्भिक विवरणमा आगजनीबाट ४४१ वटा चारपांग्रे तथा ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा सरकारी गाडी काठमाडौंमा मात्रै नष्ट भएका हुन् । दुईपांग्रे सवारी साधन त नगन्य संख्यामा आगजनी भएको अधिकारीहरु बताउँछन् ।

khanepani