काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

जेन जी आन्दोलनपछि पहिलोपटक नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी ओलीको डेरा गुण्डुमा सुरू

1.52K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी ओलीको डेरा गुण्डुमा सुरू भएको छ । जेनजी आन्दोलन र सत्तापलटपछि पहिलोपटक बसेको एमालेको यो औपचारिक बैठकलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

बैठकमा जेन जी संघर्ष, भौतिक तथा मानवीय क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको अबको रोडम्यापबारे छलफल हुने बताइएको छ ।

आन्दोलनले जबर्जस्त स्थापित गरेको युवा नेतृत्वको आवाज, दलहरूमा सुरू भएको पुनर्गठन र रुपान्तरणको विषयले एमालेको बैठकमा पनि प्रवेश पाउने एक पदाधिकारीले बताए ।

आजको बैठकले गोदावरीमा सम्पन्न विधान महाधिवेशन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिको एकसाथ समीक्षा गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए । आज बस्ने सचिवालय बैठकका यी दुई प्रमुख एजेण्डामात्र रहेको उनको भनाइ छ ।

तर, आजको सचिवालय बैठकमा अधिकांश पदाधिकारीहरूले ओलीलाई पद छाड्न स्पष्टरूपमा आग्रह गर्ने तयारी गरेका छन् । योबीचमा ओलीले नेताहरूलाई बोलाएर गरेको वान टू वान वार्तामा पनि केही पदाधिकारीले उनलाई संरक्षकको भूमिकामा रही नेतृत्व हस्तान्तरणका लागि सहजीकरण गर्न सुझाएका छन् ।

तर, ओली भने अहिले छाड्ने पक्षमा देखिँदैनन् । उनी अहिले नेतृत्व छाड्नु भनेको अपराधी करार हुने भएकाले कुनै हालतमा छाड्ने पक्षमा छैनन् । बरु महाधिवेशन चाँडो गरेर नेतृत्व चयनको विधिमा जान उनी सकारात्मक छन् ।

अराजनीतिक ढंगले अघि बढ्दा पार्टीलाई क्षति पुग्ने भन्दै नेताहरू परिस्थितिको विश्लेषण गरेर संयमका साथ पार्टी पंक्तिको रक्षा र आन्दोलन जोगाउँदै अघि बढ्नुपर्ने विषय आजको बैठकमा राख्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए ।

हिजो ओलीको विकल्प खोज्न नहुने पक्षमा रहेको पार्टीको तलदेखि माथिको पंक्ति विकसित घटनाक्रम र आन्दोलन तथा विध्वंसपछिको स्थिति बुझेर सम्मानजनक बहिर्गमनको पक्षमा उभिएका छन् । सँगै विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय पुनर्विचार हुनुपर्ने विषय पनि दोहोर्‍याउने तयारी छ ।

khanepani