काठमाडौं । सरकार र जेनजीबीच जेनजी आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता र संविधान संशोधन...

पुरा पढ्नुहाेस्

फुटबल टोलीका प्रशिक्षकले ८ महिनामै दिए राजीनामा, मलेसियासँगको खेलमा कसले सम्हाल्छ प्रशिक्षण?

1.13K
shares
khanepani bord

काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले प्रशिक्षक रसले राजीनामा दिएको बताए।

अस्ट्रेलियन प्रशिक्षक रसले दुई साताअघि नै भियनामविरूद्ध खेलिएको खेलपछि राजीनामा दिएको बुझिएको छ। नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँग मंसिर २ मा आफ्नो पाँचौ खेल खेल्दैछ।

मलेसियाविरूद्ध खेल्नुअघि मुख्य प्रशिक्षकले राजीनामा दिएपछि अब एन्फाले सो खेलका कार्यवहाक प्रशिक्षक नियुक्त गर्ने महासचिव राईले बताए।

मलेसियाविरूद्धको उक्त खेल घरेलु मैदानमा खेल्नु पर्ने भएपनि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा उक्त खेल मलेसियमै खेल्नु पर्ने बाध्यता छ।

एसियन कप छनोटका यसअघिका चार खेलमा नेपालले रसको प्रशिक्षणमा खेल्दा चार खेल्दा सबै खेलमा पराजय भोगेको थियो। मलेसिया र लाओससँग एक एक खेल भियतनामसँग दुवै खेलमा पराजित भएसँगै नेपाल छनोटबाट बाहिरिसकेको छ।

गत फागुनमा मुख्य प्रशिक्षक नियुक्त भएपछि रसको नेतृत्वमा नेपालले सात खेल खेल्यो। सात मध्ये नेपालले सिंगापुरलाई उसैको मैदानमा पराजित गर्न सक्नु नै उपलब्धि रह्यो। नेपालले सात मध्ये एक खेलमा जित निकाल्दा दुई बराबरी र चार हार ब्यहोर्‍यो।

४७ वर्षीय रस युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। यसअघि उनी सन् २०२० मा दक्षिण कोरियाको महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षक बनेर काम गरेका थिए। उनी सहायक प्रशिक्षक रहदा कोरियाको महिला टोलीले सन् २०२२ को एएफसी एसियन कपको फाइनलमा स्थान बनाएको थियो। फाइनलमा कोरियाले चीनसँग ३-२ को हार ब्यहोरेको थियो।

कोरिया पुग्नुअघि उनले चीनको यू-१५ महिला टोलीको प्रमुख प्रशिक्षक बनेर काम गरेका थिए। त्यस अघि उनले जर्मन बुन्डेस लिगा क्लब फ्रान्कफर्टको महिला टोलीको सपोर्ट स्टाफ (भिडिओ एनालिस्ट) को रुपमा चार वर्ष काम गरेका थिए। क्लबले सन् २०१५ मा महिला च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

त्यसपछि उनले युइएफएको लाइसेन्स लिएका थिए। लाइसेन्स लिएपछि उनले दुई वर्ष फ्रान्सफर्टको प्रशिक्षक भएर काम गरे। त्यहाँबाट सन् २०१७ मा उनी स्विडेनको शीर्ष डिभिजनको फुटबल खेल्ने महिला टोली भिट्जोको प्रशिक्षक भएका थिए। स्विडेनबाट उनी चीन हुँदै कोरिया पुगेका थिए।

पछिल्लो समय उनी युएईको युनाइटेड एफसीको सहायक प्रशिक्षक थिए।

प्रशिक्षक बन्नका लागि ४०५ जनाको आवेदनबाट रस छनोट हुन सफल भएका थिए।

IME
khanepani