काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्रीले दिन खोजेको संन्देशमा सम्पादकहरु कहाँ चुके, दलहरुको सहयोगको याचना सम्वादमा किन कठोर ?

प्रधानमन्त्री कार्कीले यीनै पार्टीले जन्माएका र यीनैले हुर्काएका सञ्चारमाध्यम र सम्पादकहरु र पत्रकारलाई बोलाएर के सन्देश दिन खोजेकि हुन । यो मुल विषयमा सम्पादक र पत्रकारहरु चुकेको अनुमान गर्न सकिन्छ ।

14.12K
shares
khanepani bord

पुष्पकमल दाहाल(प्रचण्ड) केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र शेरबहादुर देउवाकै शैलिमा सञ्चार मन्त्री, प्रधानमन्त्रीका प्रेस संयोजकलाई मुलधार लागेका र आफु निकट सम्बन्ध रहेका सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दा जेनजी प्रधानमन्त्री शुशिला कार्कीले दलका मुख्य व्यक्ति अर्थात अध्यक्षहरु केपी शर्मा ओली, प्रचण्ड र देउवालाई भट्ने र सम्वाद गर्ने अनइच्छा प्रकट भए छ ।

तर, चुनावमा चाँहि दलहरुको सहभागिताको अपेक्षा प्रधानमन्त्री कार्कीले राखेको देख्दा प्रधानमन्त्री कार्कीप्रति दया, सहानुभूती र करुवा जागेर आउनु स्वभाविक नै हो । उनी जसको सहयोगको अपेक्षा गदैछिन, उनीहरुसँगै यति धेरै रोषमा देखिनु मुलक र जनताप्रतिको अपमान हो कि सम्मान हो, मैले बुझ्न सकिन ?

“तिर्खा लागेको मानिससमक्ष खोला धाउँदैन, तिर्दा लाग्दा मानिस नै खोला खोज्दै जान्छ” भन्ने हेक्का समेत प्रधानमन्त्री कार्कीमा देखिएन । उनी चुनाव गराएर शत्ता हस्तान्तरणको पक्षमा भन्दा पनि अनेक बहाना बनाएर चुनावको बातारण भड्काउन लागेको आरोपसँग उनकै शब्द भारी हुने देखिएको छ । यतिखेर यहि अवस्थामा एमाले, नेपाली कांग्रेस र माओवादीले चुनाव बहिष्कार गरेभने कार्की सरकारले चुनाव गराउने सपना सोहि समयमा सकिन्छ ।

हिजोसम्म जनताले विश्वास गरेका राजनितिक दलहरु यीनै हुन, भोलि चुनावले विस्थापित गरेमा बेग्लै कुरा हो । त्यसैले चुनाव गराउने मापदण्ड बोकेको सरकारका प्रधानमन्त्रीले दलका प्रमुख व्यक्तिप्रतिको व्यक्त यस्ता निम्सरा शब्दले देश र जनताको कति हित गर्ला त्यो केही समयपछि प्रष्ट भईहाल्ने छ ।
उनले आफु जेनजीको प्रधानमन्त्री हैन, आफुलाई राष्ट्रपतिले प्रधानमन्त्री हुन बाध्य बनाएको अभिव्यक्ति दिएर राष्ट्रपतिको समेत बद्नाम गर्ने र दलहरु र राष्ट्रपतिवीच फाटो हाल्ने काम गरेकि छन । उनले ५ दिनमा भ्रष्टाचार मुक्त देश बनाउँछु र भ्रष्टाचारीलाई जेल हाल्छु जस्ता शब्दले अब उनलाई मोरोउप्प्रान्तसम्म लखेटि रहने छ, भन्ने चिन्ताले प्रधानमन्त्री कार्कीलाई ग्यालीबोध भएको देखिएको छ ।

त्यतिमात्र हैन, उनले प्रधानमन्त्री हुनुपूर्व राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षको सहकारी काण्डमा बोलेका बाणी र प्रधानमन्त्री भएपछि एक टेलिभिजनलाई दिएको अन्तरबार्ताका कारण पनि जनतामा विश्वास गुमाउन पुगेकि छन ।

पुरानै संरचना, पुरानै तरिका, पुरानै कार्यशैली र व्यवहार, पुरानै कानुन भित्र नयाँ प्रधानमन्त्रीको पुरातनाबादी कार्यशैलीका कारण पनि प्रधानमन्त्री कार्कीले दलका नेताहरुसँग पोखेका रोषल,े उनैलाई गिज्याई गरेको छ ।

हिजो अन्य प्रधानमन्त्रीहरुले जे जे गरेका थिए, आज उनले पनि त्यहि त्यहि गदै आईरहेकि छन । नयाँ तरिका नयाँ पन केहिमा पनि देखिएको छैन । नेपालमा सञ्चारमाध्यमहरुलाई गरिने भेदभाव पनि उहि शैलिको र उस्तै छ ।

फरक विचार बोक्ने फरक दुई सञ्चारमाध्यमले प्रधानमन्त्री कार्कीले शुक्रबार साँझ सम्पादकहरु र पत्रकारहरुसँग गरेको एउटै भेटघाटलाई दुईथरिबाट लेखेका छन ।

एमाले निकट विश्वास राख्ने र नेपाली कांग्रेससँग विश्वास राख्ने सञ्चारमाध्यमले एउटै विषयलाई फरक ढंगले प्रस्तुत गरेका छन ।
नेपाल प्रेस डटकमका प्रधानसम्पादक मात्रिका पौडेल लेख्छन, “शुक्रवार अपराह्न साढे ४ देखि साँझ करिब साढे ७ बजेसम्म प्रमुख सञ्चारमाध्यम (टेलिभिजन, अखबार र अनलाइन) का सम्पादकहरूसँग ३ घण्टा लामो छलफल र प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री कार्की निष्कपट र खुलस्तरुपमा प्रस्तुत भइन् ।”

उनले अध्यक्ष ओलीप्रति प्रधानमन्त्री कठोर देखिएपनि पत्रकारीताको धर्म निभाउन कोशिस गरेका छन । प्रधानमन्त्री कार्कीलाई आम जनमानस र विशेष वकालत पेशामा रहेका व्यक्तिहरुले, कार्कीको कार्यशैलिलाई चित्रण गर्ने भन्दा फरक ढंगले प्रस्तुत गरेको पाइएको छ ।

प्रधानमन्त्री कार्की न्यायधिश र प्रधानन्याधिश हुदाँभन्दा फरक देखिएको पौडेलको लामो व्यख्यात्मक लेखले लख काट्न सकिन्छ ।
त्यसै गरि सञ्चारमाध्यममा सधै आलोचना भित्र परिरहने सञ्चारमाध्यमले समाचारमा लेखेको छ ।

“शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले दलहरूलाई निषेध गर्ने वा उनीहरू विहीन अवस्था बनाउने भन्दा निर्वाचन गराउनेतिर केन्द्रित भएको र सुशासन कायम गर्ने प्राथमिकता राखेर काम गरिरहेको तर्क गर्दै सबैलाई सहयोग गर्न अपिल समेत गरिन”् भनेर समाचार पस्केको छ । अन्य प्रधानमन्त्री हुदाँ उत्तेजनात्म समाचार पस्कने कान्तिपुरले समाचारका लागि समाचार लेखेको देखिन्छ ।

पौडेललगाएत सम्पादकहरुले सम्पादकसँग प्रधानमन्त्री कार्की भन्ने भाषा शैलिमा समाचार र लेख लेखेका छन भने कान्तिपुरले पत्रकारसँग प्रधानमन्त्री भन्ने भाषा र शैलि अपनाएको देखिएको छ ।

यसले पाठकमा द्धुविधा उत्पन्न गराएको छ । प्रधानमन्त्रीले हिजो सम्पादकसँग सम्बाद गरिन कि पत्रकारसँग भन्ने द्धुविधा यी दुई सञ्चारमाध्यमका समाचारले व्यक्त गरेका छन ।

प्रधानमन्त्री कार्कीले यीनै पार्टीले जन्माएका र यीनैले हुर्काएका सञ्चारमाध्यम र सम्पादकहरु र पत्रकारलाई बोलाएर के सन्देश दिन खोजेकि हुन । यो मुल विषयमा सम्पादक र पत्रकारहरु चुकेको अनुमान गर्न सकिन्छ ।

प्रधानमन्त्री कार्कीले यो सम्वादमा बालेनलाई अग्रभागमा राख्न खोजेकि छन भने, सुधन गुरुङसँग रुष्ट भएको अनुमान गर्न सकिन्छ ।
विदेशि र विशेषगरि बारबार फाउण्डेशनसँग प्रधानमन्त्री र सञ्चारमन्त्री जोडिएको खुलासा जेन्जीहरुले नै गरेपछि उनीहरुलाई त्यो आरोपबाट बच्नका लागि पत्रकारहरुको साहारालिन खोजेको वा प्रधानमन्त्री कार्कीलाई कुनै अदिृष्य शक्तिले दवाव दिइरहेको हुदाँ सञ्चारमाध्यम मेरो पक्षमा छन है भन्ने सन्देश दिएर अदृष्य शक्तिलाई साइजमा ल्याउन खोजिरहेकि हुन ।

अर्को विषय छ, जेनजी आन्दोलनमा लुटपाट, र उपद्रो मच्चाएको भन्दै मानिसहरु दैनिक जसो पक्राउ र र्पूपक्षमा जादै छन । जेनजी युवाहरुले कार्की समुहले प्रधानमन्त्री हुनकै लागि आन्दोलनकारी जेनजी र सरकार वा राष्ट्रपतिसँग त्रिपक्षिय सम्झौता नगरेको भन्दै आक्रोश पोखिरहेको समयमा सरकारले सम्झौताको तयारी गरिरहेको छ । त्यो सम्झौतालाई सञ्चारमाध्यमबाट सामान्यकरण गर्नका लागि पनि यो सम्वादको रचना गरिएको हुन सक्छ । त्यो केहि समयमा देख्न सकिएला ?

IME
khanepani