काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

झापाको विरिंंग खोलामा युवाको शव भेटियो, हत्या आरोपमा दुई जना पक्राउ

1.72K
shares
khanepani bord

झापा । झापाको शिवसताक्षी नागरपालिका माइधारका सरोज शर्माको हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । प

पक्राउ पर्नेमा शिव शताक्षी नगरपालिका १० माईधारका २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शर्मा कार्तिक ९ गतेदेखि गाडीसहित बेपत्ता भएका थिए ।

शर्माको शव आज बिहान झापाको बाह्दशी गाउँपालिका र झापा गाउँपालिकाका बीचमा रहेको बिरिंग खोलामा फेला परेको थियो । ३३ वर्षीय शर्माले चढ्ने बाग्मती प्रदेश ०१–०३ च ७१९४ नम्बरको कार झापाको मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र बेवारिसे अवस्थामा केही पनि अघि नै फेला परेको थियो । उनले चढ्ने कारमा आगो लगाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुले शर्माको सब झापा गाउँपालिका र बाह्दशी गाउँपालिका बीच भएर बग्ने बिरिङ खोलाको पुलमुनि गाडेको अवस्थामा आज बिहान फेला परेको बताए ।

उनले शर्माको सब खोला किनारमा गाडिएको र दुर्गन्ध फैलेपछि स्थानीयले प्रहरीलाई खबर गरेको बताए । लिम्बुले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए । उनले भने, शर्माको के कारणले हत्या भएको हो यस बारेमा अनुसन्धान भइरहेको छ ।

khanepani