शक्तिकेन्द्रका मुलपुजारी विवादीत सचिव कृष्णहरि पुष्कर कर्ण मुख्यसचिब बन्ने दौडमा
२०७२ मंसिरमा मन्त्रालयका सहसचिवहरूलाई अख्तियारमै बोलाएर थर्काएपछि उनको व्यापक आलोचना भएको थियो । नाकाबन्दीले ग्रसित भएको बेला आपूर्ति व्यवस्था प्रभावकारी बनाउन भन्दै उनले समकक्षीहरूलाई अमानवीय ढङ्गले धम्की दिएको भन्दै उनीप्रति कर्मचारीहरू रुष्ट बनेका थिए ।
वि.सं.२०८२ कात्तिक १७ सोमवार १३:३९
shares

काठमाडौं । कर्मचारीतन्त्रमा यस्तो रोग छ, यसलाई कुनै पनि थेरापीले उपचार गर्न सक्दैन । यो हरेक सक्रियताको विपरीतार्थ प्रतिरक्षात्मक प्रणाली बन्ने गरेको छ, जो तलदेखि माथिसम्म सक्रिय रहन्छ नेपालको कर्मचारीतन्त्र । दलैपिच्छे कर्मचारीका ट्रेड युनियन रहेका कारण पनि कर्मचारीले मन्त्रीसामु पाखुरी सुर्किने र आफूले भनेको नभए काम ठप्प पारिदिने चेतावनी खुला रुपमा दिँदै आएका घटना प्रशस्तै रहेका छन् ।
कर्मचारी जहिल्यै शक्तिमा रहन चाहने प्रवृत्ति अहिले पनि कायमै छ । भनेको ठाउँमा सरुवा भएर जान शक्तिकेन्द्रलाई रिझाउने कला सेवाग्राहीलाई दिने सेवा (काम) मा देखाएको भए अहिलेको बिग्रिएको कर्मचारीतन्त्र सुध्रिने आश हुन्थ्यो । तर त्यो जुनसुकै व्यवस्था आएपनि कर्मचारीतन्त्रमा भएको भक्तीगानदेखि धम्काउने कार्य कहिल्यै नहट्ने गरि रहेको छ । यिनै कर्मचारीका भीडमा शक्तिकेन्द्रका मुलपुजारीका रुपमा चिनिँदै आएका सचिव कृष्णहरि पुष्कर कर्ण अहिले पुनः चर्चामा आएका छन् ।
बेलायत भ्रमणकै बेलामा अर्थसचिवमा आफूलाई सरुवा गराउन सफल पुष्करको तत्कालिन समयमा सत्ताधारी दलसँगको निकटता रहने गरेको छ, भने अहिले सुशिला कार्की नेतृत्व सरकारको भक्तिगान गाउदै मुख्यसचिबमा नियुक्ती खान जोडबल गर्दै आएका छन् । अनियमित ढंगले करको दर हेरफेर प्रकरणबाट अर्थमन्त्रालयबाट हटाइएको सचिव पुष्कर जुनसुकै हतकण्डा मञ्चाएर भएपनि मुख्यसचिब हुन लागि परेको अहिले कर्मचारीबृत्तमा हट केक झै चर्चा हुन थालेको छ ।
तत्कालिन समयमा नेपाली कांग्रेस र माओवादीका शीर्ष नेताहरूसँग राम्रो सम्बन्ध बनाएका पुष्करले अर्थसचिवमा जान प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई रिझाएएका थिए । अर्थ मन्त्रालयको प्राविधिक पक्षबारे कत्ति पनि ज्ञान नभएका पुष्कर राजस्व सचिव बनेका थिए । शक्तिकेन्द्र रिझाएर उनी अर्थ सचिव भए । २०७८ असार २४ मा सचिवमा बढुवा भएका उनी डेढ महिनामै अर्थ मन्त्रालयमा सरुवा भएका थिए । सचिव हुनुअघि उनको अर्थ मन्त्रालय र मातहतको कुनै पनि जिम्मेवारीमा रहेर काम गरेको अनुभव समेत थिएन ।
प्रायः विवादमा आउने सचिवहरुको सूचीमा पुष्करको नाम अग्रस्थानमा आउँछ । प्रशासन समूहका उनी उपसचिव हुँदादेखि नै विवादको घेराबाट बाहिर निस्किन सकेका छैनन । तत्कालीन श्रम तथा यातायात राज्यमन्त्री टेकबहादुर गुरुङको कार्यकालमा वैदेशिक रोजगार विभागको महानिर्देशक बने पछि झन उनी विवादको पहिलो सूचीमा परेका थिए । म्यानपावर कम्पनीहरूसँग अवैध असुली गर्ने देखि थैली नबुझाउने कम्पनीमाथी विभिन्न बहाना देखाउदै कारबाही गर्ने गरेको भन्दै खुला रुपमा विरोध भएपछि राज्यमन्त्री गुरुङले उनलाई विभागको जिम्मेवारीबाट हटाएका थिए ।
महानिर्देशकबाट हटाइएको उनी गृहमन्त्रालय छिरेका थिए । गृहमा बस्दा सिडियो भई मकवानपुरमा रहँदा भन्सार जाँचपास भएर आएका सामानको प्रज्ञापन पत्र मागेर गाडी रोकेको भन्दै उनको सरुवा गरिएको थियो । २०६९ भदौमा पुष्करले महँगी नियन्त्रण गर्न न्यून बिजकीकरण रोक्नु आवश्यक रहेको भन्दै ‘अपरेसन ब्ल्याक’ अभियान चलाएर वीरगन्ज र सुख्खा बन्दरगाह भन्सारबाट अबैध रकम असुली गरेपछि खैलाबैला मच्चिएको थियो ।
मकवानपुर जिल्लाका रातमाटे, मनहरी र लोथरमा ’चेकप्वाइन्ट’ बनाई ट्रक रोकेर सामान र कागजपत्र परीक्षण गरि रकम असुली गर्न उनले निर्देशन नै दिएपछि व्यापारीहरुले अर्थ मन्त्रालयमा डेलिगेसन गरेका थिए । त्यसपछि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगे । तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको विश्वासपात्र बनेर पुष्करले देखाएको कार्यशैलीको सार्वजनिक रूपमै आलोचना भएको थियो । उनले सिधै सरकारी कार्यालयका हाकिमहरूलाई फोन गरेर थर्काउदै रकमको मोलमोलाई समेत गरेको आरोप उनीमाथी लागेको थियो ।
२०७२ मंसिरमा मन्त्रालयका सहसचिवहरूलाई अख्तियारमै बोलाएर थर्काएपछि उनको व्यापक आलोचना भएको थियो । नाकाबन्दीले ग्रसित भएको बेला आपूर्ति व्यवस्था प्रभावकारी बनाउन भन्दै उनले समकक्षीहरूलाई अमानवीय ढङ्गले धम्की दिएको भन्दै उनीप्रति कर्मचारीहरू रुष्ट बनेका थिए । उनले अख्तियारमा बस्दा लोकमानको आड पाएर अभियन्ता डा. गोविन्द केसीलाई ‘पागल’ को संज्ञा दिँदै विज्ञप्ति समेत जारी गरि आलोचित बनेका थिए ।
अख्तियारमा प्रवक्ता रहेका बेला पुष्करले आफ्नो पदीय मर्यादालाई समेत ख्याल नगरी उक्त विज्ञप्ति जारी गरेको भन्दै कर्मचारीतन्त्रमा ठुलो बहसको विषय बनेको थियो । अनियमित ढंगले आफु अनुकुल कार्यसम्पादन गर्दै आएका सचिव कृष्णहरि पुष्कर कर्ण भने मन्त्रालयभित्रै अर्को चौका दाउ हान्ने सचिबको रुपमा समेत चिनिने गरेको कर्मचारीहरुले बताएका छन् । उनीमाथी नैतिक प्रश्नहरूमा कमजोर साबित भइसकेका सचिव कर्ण ‘लबिङ’ गर्नमा समेत माहिर मानिदै आएका छन् ।
तत्कालिन अर्थमन्त्रीमा जनार्दन शर्माको पुनर्वहाली भएपछि पुष्करको लागि वरदान सावित समेत भएको थियो । विवादमा फस्दै आएपछि आफुलाई आध्यात्मिक चरित्रको व्यक्ति भएको भन्दै आएको समेत कर्मचारीले बताएका छन् । पर्याप्त ज्ञान र अनुभव नभएका पुष्कर सधैं शक्तिकेन्द्र वरपर घुमेर अवसर लिने र अबैध पात्रसँग काँध जोडेर काम गर्नमा समेत उनको नाम जोडिने गरेको छ । बढी विवादास्पद सचिवको सूची बनाउने हो भने कृष्णहरि पुष्कर अग्रस्थानमा पर्नेमा दुईमत छैन । प्रशासन समूहका उनी उपसचिव हुँदादेखि नै विवादको भुमरीमा पर्दै आएका कर्मचारी हुन ।
तत्कालिन समयमा लोकमान सिंहकै दबावमा १७ साउन २०७३ मा पुष्करलाई दिल्लीस्थित नेपाली दूतावासको इकोनोमिक काउन्सिलर नियुक्ति गरिएको थियो । त्यतिबेलासम्म उनले वाणिज्य मन्त्रालय अन्तर्गतको ‘काउन्सिलर’ बन्ने गरी कुनै अनुभव बटुलेका थिएनन् । प्रायः आम्दानी हुने मन्त्रालय र विभागमा मात्र सरुवा भएर जाने गरेका पुष्कर अर्थमन्त्रालय भित्रको प्रणालीलाई नबुझ्दा तत्कालिन समयमा समेत मुलुकको आर्थिक प्रणालीले थप मूल्य चुकाउनुपरेको अर्थविद्हरुले बताउदै आएका छन् ।
अझै पनि प्रधानमन्त्रीलाई विश्वासमा लिएर ‘गणेश प्रवृत्ति’ मा उनी अहिले मुख्यसचिब हुन मरिहत्ते गर्दै लागि परेका छन् । चलखेल नगरी बस्नै नसक्ने, हैन, हुँदैन, मिल्दैन, सकिंदैन भन्न नसक्ने र आफुलाई फाईदा हुने कार्यमा माहिर मानिएका सचिब पुष्कर ‘हुन्छ हजुर’ भन्दै सरकारी ढुकुटीलाई दोहन गर्न समेत माहिर रहेको आरोप उनीमाथी लाग्दै आएको छ ।
उनले कर्मचारीको मर्यादा बाहिर गएर दुतावासका कर्मचारीहरुको चाकडी बजाउने कामलाई पनि यतिखेर तिव्र बनाएका छन । नायव सुब्बा हुदाँ सिंचाहि विभागमा उनको चुरीफुरी हेर्न लायक कै थियो । उनलाई बैदेशिक रोजगार विभागमा महानिर्देशक हुदाँ एउटा होटलवालालाई बनिबास बनाएको आरोप पनि लागेको छ । क्रमश…



















