काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद

1.24K
shares
khanepani bord

हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले ठुलो परिमाण अवैध चिनियाँ मदिरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएपसी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरुबाट ३५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरेको हो ।

चार हजार २१२ बोतल अवैध चिनियाँ मदिरा विभिन्न स्थानहरुबाट बरामद गरको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट अवैध चिनियाँ मदिरा बरामद गरेको बताए ।

प्रतिबोतल ४ सयका दरले १६ लाख ८४ हजार ८०० बराबर मूल्यको चिनियाँ मदिरा मंगलबार राति १२ बजे बरामद गरेको डीएपसी पोखरेलले जानकारी दिए ।बेवारिसे रुपमा भेटिएका २ हजार २२ लिटर अवैध अखाद्य चिनियाँ मदिरा बरामद गरेको बताए । यसलाई नष्ट गरिने डीएपसी पोखरेलले बताए ।

IME
khanepani