काठमाडौं । सरकार र जेनजीबीच जेनजी आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता र संविधान संशोधन...

पुरा पढ्नुहाेस्

पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८९ करोड हिनामिना, ७ जना पक्राउ

1.22K
shares
khanepani bord

पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थाको ठुलो रकम हिनामिना भएको छ । सहकारीको रकम हिनामिना आरोपमा कास्की प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङलाई पक्राउ गरेको छ । यस्तै, सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख, बेदीप्रसाद सुवेदी पनि पक्राउ परेका छन् ।

वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययनका अनुसार सहकारीको झन्डै ८९ करोड हिनामिना भएको देखिएको छ । संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारी मिलेर सहकारीमा सङ्कलित रकम हिनामिना गरेका हुन् ।

कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेको पाइएको हो । पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान थालिएको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताए

IME
khanepani