काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

‘महामन्त्रीहरूबाटै जनतामा पार्टीको इमेज बिगार्ने गरी गलत भाष्य निर्माण गरियो’

1.05K
shares
khanepani bord

काठमाडौँ । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले महामन्त्रीहरूबाटै जनतामा पार्टीको इमेज बिगार्ने गरी गलत भाष्य निर्माण गरिएको बताएका छन् ।

बत्तिसपुतलीमा नियमित महाधिवेशनको दबाब भेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोशीका पूर्वमुख्यमन्त्रीसमेत रहेका थापाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको जनताले भोट हाल्दैन, जनतामा जान सकिँदैन भन्ने भाष्यले पार्टी लाई क्षति पुर्‍याइरहेको दाबी गरे ।

‘कसैले प्रमाणित गर्दिनुस्, ग्यारेन्टी दिनुहोस् हाम्रो नेतृत्वमा भोट आउँदैन भनेर। हामी राजीनामा दिन तयार छौँ,’ थापाले भने, ‘भोट कसले हाल्छन्, कसले हाल्दैनन् भनेर ठेक्का लिइदिने को छन् ? महामन्त्रीहरूले नै पार्टीको इमेज बिगार्नेगरी गलत भाष्य निर्माण गरिरहनु भएको छ ।’

पार्टी भित्रैबाट गलत भाष्य निर्माण गर्दा जनता र कार्यकर्तामा अन्योल बढेको थापाको भनाइ छ । उनले नेतृत्व परिवर्तनको स्वाभाविक समय भएकाले कार्यकर्तामा देखिएको आकाक्षांलाई सम्मान गर्नुपर्ने बताए ।

निर्वाचनबाट प्रतिनिधिसभा आएपश्चात् देश सही दिशामा हिँड्ने भएकाले अहिलेका लागि राष्ट्रको हित प्राथमिक भएको बताए । त्यसपछि पार्टी जीवनको सुधार गर्न सकिने तर्क उनको छ ।

IME
khanepani