काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी विरूद्धको मुद्दामा व्यवसायीद्वारा बहस सुरु

962
shares
khanepani bord

बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी विरूद्धको मुद्दामा बिहीबार बहस सुरु भएको छ ।

यसैबिच रवि पक्षका कानुन व्यवसायीहरुले बहस सुरु गरेका छन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा अहिले रवि पक्षका कानुन व्यवसायीबाट बहस सुरु भएको उच्च अदालत तुलसीपुर बुटवलका सूचना अधिकारी राम बहादुर कुँवरले बताए।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

IME
khanepani