काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

ओली सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएर मूर्खतापूर्ण काम गर्‍यो : विश्वकर्मा

910
shares
khanepani bord

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सामाजिक सञ्जालमाथि केपी ओली सरकारले प्रतिबन्ध लगाएर मूर्खतापूर्ण काम गरेको बताएका छन् ।

राजधानीमा बिहीबार नेकपाले गरेको खबरदारी सभामा बोल्दै उनले जेनजीको मुद्दा नै दलाल पुँजीवादीहरूले अपहरण गरेको आरोप लगाए ।

‘ तत्कालीन केपी ओली नेतृत्वकाे सरकारले मूर्खतापूर्ण काम गर्‍यो । आइटीले नेपाली समाजमा पारेको प्रभाव आक्रामक छ । आम नेपाली जनताको दैनिकीसँग जोडिएको सामाजिक सञ्चालनमा प्रतिबन्ध लगाउने मूर्खतापूर्ण काम अघिल्लो सरकारले गर्‍यो’, उनले भने, ‘जेनजीले भ्रष्टाचारी र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा विद्रोह गर्‍यो । अहिले असली जेनजी छैन । भदौ २४ गते बेलुका कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा भारतीय राजदूतावासमा छलफल भयो । जेनजी आन्दोलनमा बलिदानी गर्नेलाई किन प्रधानमन्त्री बनाएन ? क्षमतावान् जेनजीलाई किन मन्त्री बनाएन ?’

सुशीला कार्की नेतृत्वको सरकार मालिकले दिएको प्रोजेक्ट पुरा काम गर्न बनेको उनले आरोप लगाए । जेनजीको बलिदानीलाई मध्यनजर गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न समेत उनले माग गरे ।

IME
khanepani