काठमाडौं । सरकार र जेनजीबीच जेनजी आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता र संविधान संशोधन...

पुरा पढ्नुहाेस्

वन तथा वातावरण मन्त्रालय वागमती प्रदेशमा मापदणड विपरीत सरुवा, एमाले समर्थितहरुको हालीमुहाली

1.87K
shares
khanepani bord

मकानपुर । यहि मिति २०८२ साल कार्तिक १२ गतेका दिन लामो खिचातानीका वावजुत मुख्य मन्त्री कार्यालयले १२ जना डिभिजनल वन अधिकृतहरुको सरुवा गरेको छ। वन तथा वातावरण मन्त्रालयका वन सचिव डा. केदार वरालको टिप्पणी र आदेश सिफारिमा मुख्य मन्त्री कार्यालयले सो सरुवा गरेको हो । सरुवा भरखर भएको जेन जी आन्दोलनको भावना र चाहना विपरीत पार्टीका क्याडर वेसमा भएको मानिएको छ ।

मर्कामा परेका सोही मन्त्रालयका कर्मचारीहरुले नाम नवताउने सर्तमा वताए। यस सरुवा व्यापक भनसुन र आर्थिक लेनदेन भएको श्रोतको दावी छ । सरुवा के मापदण्डका आधारमा भएको हो भनी वुझ्दा वन सचिव डा. केदार वरालले भने, यसमा वन मन्त्रालयको कुनै हात छैन। मुख्य मन्त्री कार्यालयको अधिकार क्षेत्र भएकाले हामीलाइ केही थाहा छैन ।

वन मन्त्री मा।भरत वहादुर के. सी. पनि सोही कुरा गरी पन्छीनु भयो । उता प्रमुख सचिव भोपाल वरालले भने वडो स्पष्ट शव्दमा मुस्कान साथ भने । यसमा हाम्रो केही हात छैन । समय र मापडण्डको आधारमा वन मन्त्रालयले पेश गरेको टिप्पणी हो भन्ने आधारमा सदर गरेको मात्र हो । यसमा कुनै चलखेल भनसुन भएको छैन।

यसरी निर्णयकर्ता विच फरक फरक मत व्यक्त भएता पनि वन मन्त्रालयकै मुख्य हात रहेको वुझ्न सकिन्छ । यसबाट के वुझिन्छ भने यस सरुवा मुलत राजनितिक र रकमको चलखेल वरपरबाट भएको अनुमान लगाउन सकिन्छ ।

स्वार्थका सरुवा हुन सफल हुनेमा दोलखाबाट कृष्णराज न्योपानै लगातार ५ औ पटक डिभिजनल वन अधिकृतका रुपमा पुनः सिन्धुली मरिणमा सरुवा हुन सफल हुन भएको छ। यस अघि रामेछाप, ललितपुर, सिन्धुली, दोलखा हुँदै हाल पुनः सिन्धुलीको मरीण डिभिजनमा सरुवा भएका छन।

यता ह्याट्रीक गर्न सफल हुनेमा धादीङ्का विष्णु प्रसाद आचार्य भएका छन । उनी राप्ती, धादिङ् हुदैँ हाल चितवन सरुवा भएको श्रोतले वताएको छ । दुइ वर्षको कानुनी मापदण्डको हवाला दिदै रोशना पोखरेल दोश्रो पटक नुवाकोटबाट धादिङ्ग सरुवा भएकि छन ।

कतिसम्म भने विगतमा आठौ तहमा रहँदा समेत सत्ता रकमको चलखेलमा रसुवामा डिभिजनल वन अधिकृतका रुपमा २ वर्ष कार्य गरेको वन अधिकृत अनिल रेग्मी हाल दोलखा जिल्लामा सरुवा भएका छन । उनलेसँगै वढुवा भएका सिनिएर अधिकृत रामशरण गौतमको भने सरुवा नियतवत गरिएको छैन । सरुवा हुने अन्यमा अजयविक्रम मानन्धर वन मन्त्रलय, थीर वहादुर कार्की वन निर्देशनालय, विश्व कोइराला गोदावरी वन तालिम केन्द्र, श्रद्दा सिग्देल भक्तपुर डिभिजन वन कार्यालय तथा प्रदिप नाथ शर्मा डिभिजन वन कार्यलय नुवाकोट रहेको छ ।

उता लामो समयदेखि वन निर्देशनालयमा कार्यरत सिनियर वन अधिकृत प्रह्लाद प्रसाद धिताल, ओमसागर भण्डारी, लोकनाथ लम्सालको सरुवा गरिएको छैंन ।

वन प्रशासनलार्इ चुस्त र दुरुस्त राख्ने र कार्य क्षमतालाइ वढाउने गरी निश्चित मापडन्ड वनाइ सरुवा गरीने प्रतिवद्दता राख्दै मन्त्री पद भार ग्रहण गर्दै वन मन्त्री भरत वहादुर के सीले यहि भाद्रको पहिलो हप्तामा वन तथा वातावरण मन्त्रालयको सभाहलबाट सम्वोधन गरेको २ हिना नवित्दै उनै मन्त्रीबाट विवादास्पक सरुवा हुनु वोलीको भरोसा र ठेकान नभएको नेतृत्व भएको वुझिएको छ।

यो एक गम्भीर विडम्वना वाहेक केही हुन सक्दैन । यो भन्दा चरम प्रशासनिक भ्रष्टाचार के हुन सक्ला ? के यसले भरखर सम्पन्न भएको जेन जीको आन्दोलनको भावनालाइ सम्वोधन गर्न सक्ला ? यसरी नै वन नेतृव्व सफल हुने ठोस आधार के ?

IME
khanepani