काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

बालेनविरुद्ध उजुरी लिएर साइबर ब्युरो पुग्यो युवा संघ

1.12K
shares
khanepani bord

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध उजुरी लिएर एमालेनिकट युवा संघ साइबर व्युरो पुगेका छन् ।

बालेनले लेखेको एउटा स्टाटसलाई लिएर उजुरीसहित उपाध्यक्ष महाराज गुरुङसहितका युवा संघका नेता कार्यकर्ता ब्युरो पुगेका हुन् । उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूलाई समेत अपमानित गरेको भन्दै युवा संघले बालेनलाई विद्युतीय अपराध अन्तर्गत कारबाही गर्न माग गरेको छ ।

बालेनले दुई दिनअघि मध्यरातमा अश्लील शब्द प्रयोग गर्दै गालीगलौजयुक्त स्टाटस लेखेका थिए । उनले केहीबेरमा स्टाटस हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको थियो । थुप्रैले बालेनको स्टाटसको आलोचना गरेका छन् ।

IME
khanepani