काठमाडौं । सरकार र जेनजीबीच जेनजी आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता र संविधान संशोधन...

पुरा पढ्नुहाेस्

दलका नेताको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले निर्वाचन गर्ने कुरामा केपी ओलीको आशंका (भिडियो सहित)

2.76K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका रहेको बताएका छन् । अदालतमा आगो लगाउनेहरुबाट बनेको सरकारले निरन्तर रुपमा असंवैधानिक कार्य गरिरहेको ओलीको आरोप छ ।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको बताउँदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।

उनले विघटित प्रतिनिधिसभाको पुन:स्थापनाको माग गरे । उनले देशव्यापी आन्दोलन गर्न लागेको बताए । ओलीले पहिले नै फैसला सुनाइसकेको मान्छेलाई जेन-जी आन्दोलन जाँचबुझ आयोगको अध्यक्ष बनाएर सरकारले ‘ड्रामा’ गरेको भन्दै आयोगको निर्णय मान्य नहुने बताए ।

निर्वाचनको म्याण्डेड पाएको सरकारले गरेको राजदूत फिर्ता गर्ने काम उचित नभएको उल्लेख गर्दै ओलीले राजदूत फिर्ताका विषयमा अदालतले गरेको आदेशसमेत प्रधानमन्त्रीले उलंघन गरेको बताए । ओलीले कम्युनिष्ट पार्टीबीच भएको एकताको कुनै अर्थ नरहेको समेत बताए । झलनाथ खनाल आफूसंग कुरा गर्न आएको भन्दै उनले पदमा कुरा नमिलेपछि माओवादीसँग मिल्न गएको बताए ।

IME
khanepani