काठमाडौं । सरकार र जेनजीबीच जेनजी आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता र संविधान संशोधन...

पुरा पढ्नुहाेस्

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा

1.08K
shares
khanepani bord

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको कुल सञ्चालन आम्दानी ५.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.४४ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९५ पैसा रहेको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.१० गुणा रहेको छ । यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशत बढेको छ ।

बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० अर्ब ३० करोड रुपैयाँ सञ्चित छ । तेस्रो त्रैमाससम्ममा बैंकले ५ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

IME
khanepani