सचिव कृष्णहरि पुष्कर कर्णले तिरेनन खाजा र खानाको पैसा,सरकार कम्फटेबल मुख्यसचिवको खोजिमा
वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १४:३३
shares

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवको दौडमा रहनु भएका सचिब कृष्णहरी पुष्कर कर्ण विवादीत मात्र नभई सरकारी ढुकुटीको रकम हिनामीना गर्ने गरेको समेत प्रमाण प्राप्त भएका छन् ।
उनी बैदेशिक रोजगार विभागको तत्कालिन महानिर्देशक हुदाँ काठमाडौं जिल्ला तीनकुने गैरिगाउँमा रहेको ‘ज्ञावली खाजा तथा तन्दुरी भोजनालयमा खाएको खाजा र खानाको समेत पैसा अहिलेसम्म भुक्तानी नभएको भन्दै सम्बन्धित व्यवसायीले गुनासो गरेका छन् ।
तत्कालिन महानिर्देशक पुष्करले सो भोजनालयमा खाएको खाजा र खानाको ३ लाख ६० हजार रुपैयाँ विल भुक्तानी नपाएको भोजनालयका प्रमुख इश्वरी ज्ञावलीले गुनासो गरेका छन् । उनले विभागका तत्कालिन महानिर्देशकको आदेशमा सिफ्टमा काम लगाएका कर्मचारी र उनी आफैले खाएको खाजा र खानाको पैसा अहिलेसम्म नपाएको भन्दै अनेक ठाउँ भौतारीदै हिडेको बताएका छन् ।
बैदेशिक रोजगार विभागबाट सचिब पुष्कर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका थिए । खाना र खाजा खाएको भुत्तानीकालागि पटकपटक विभागमा गई बील पेश गर्दा समेत भुक्तानी नदिएको र सो रकम पहिले नै निकासा भई सकेको तत्कालिन विभागका कर्मचारीले जानकारी गराएको समेत ति व्यवसायीले बताएका छन् । खाना र खाजा खाएको रकम समेत भुक्तानी नगरि सचिव पुष्कर अख्तियारबाट भारतमा इकोनोमिक काउन्सिलर भएर गएका थिए ।
तर, खाजा र खानाको पैसा उठाउन नसकेका ज्ञावली भने काठमाडौंमा बस्न नसकेर लुम्बिनीमा सानो होटल चलाएर गुजारा गरिरहेका बताएका छन । उनीसग बुझ्दा हालसम्म पैसा नपाएको र उनको पहिलेको फोन समेत नभएको भन्दै नयाँ फोन नम्बर उपलब्ध गराइदिन अनुरोध गदै विभिन्न निकायमा धाउदै आएको समेत बताएका छन् ।
यता पुष्कर भने एक सामान्य व्यवसायीले चलाएको खाजा घरमा खाएको खाजा र खानाको बील समेत भुक्तानी नगरि मुख्यसचिवको दौडकालागि दुतावास दुतावास धाइरहेका छन । मुख्यसचिव बनाइदिनेलाई ५ करोड रुपैयाँसम्म बुझाउने भन्दै उनी अहिले विभिन्न समुहसंगको भेटघाटलाई समेत तीव बनाउदै आएको समाचार स्रोतले दावी गरेको छ ।
तथ्याङक विभागमा बसेका सचिव भएपछि विभागबाट बाहिर संसारमा आएका सुमनराज अर्याल जेष्ठताको हिसावले पहिलो नम्बर देखिएका छन । अर्का गोकर्णमणी दवाडी जेनजी आन्दोलनमा लेखक र ओलीलाई साथ दिएको आरोपमा कारवाहीको सूचीमा परेका छन । अर्का तावेदारमा खानेपानी सचिव प्रमिलादेखि बज्राचार्य शाक्य पनि देखिएकी छिन । अहिलेको सरकारलाई कम्फटेवल चाहि यीनै शाक्य हुने स्रोतले दावी गरेको छ । क्रमस ……



















