काठमाडौं । सरकार र जेनजीबीच जेनजी आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता र संविधान संशोधन...

पुरा पढ्नुहाेस्

तत्कालीन एसपी अपिलराज बोहोरालाई जेनजी आन्दोलन जाँचबुझ आयोगले बोलायो बयानमा

1.25K
shares
khanepani bord

काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बयानका निम्ति बोलाएको छ ।

आयोगस्रोतका अनुसार काठमाडौं प्रहरीका तत्कालीन फिल्ड कमाण्डर डीएसपी सुन्दर तिवारीले बिहीबार दिएको बयानपछि एसपी बोहोरा बोलाइएका हुन् ।

यसपछि तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी र उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीसँग बयान लिने गरी तालिका बनाइएको स्रोतले जनाएको छ ।

बयानका निम्ति धेरै प्रहरीलाई बोलाएर हतोत्साहित नगर्ने नीति आयोगले लिएको छ । ‘मुख्य मुख्य कमाण्डरहरुसँग सोधपुछ गरेपछि केही विषयहरुमा स्पष्ट हुन सकिन्छ’, स्रोतले भन्यो, ‘बयानका नाममा काममा खटिएका प्रहरीको मनोबल गिराउने पक्षमा आयोग छैन ।’

IME
khanepani