काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

जसपा नेपाल छाडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

1.07K
shares
khanepani bord

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्तालाई जसपा नेपालमा फर्किन आह्वान गरेका छन् ।

विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई संकोच र अप्ठ्यारो नमानी आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दै स्वागतका लागि जसपा नेपालको ढोका खुला रहेको यादवले अपिल गरेका हुन् ।

ललितपुरको इमाडोलमा अध्यक्ष यादवको अध्यक्षतामा बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले पनि विगतका दिनमा संगठन छाडेका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्दै आउनेलाई स्वागत गर्ने निर्णय गरेको हो ।

‘पार्टी स्थापनाकालदेखि विगतमा जे जस्तो कारणले असन्तुष्ट भएर पार्टी छाडे पनि उहाँहरु सबैलाई जसपा नेपालमा स्वागत छ, आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दछु, यादवले भने, ‘जसपा नेपाल हामी सबैको साझा संगठन भएकाले जुनै कारणले पार्टी परित्याग गरे पनि पुनः फर्किन कसैले दुःख, धक, संकोच वा अप्ठ्यारो मान्नुपर्दैन ।’

पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई सम्पर्कमा आउन अपिल गर्दै सबैको क्षमता, दक्षता, भूमिका र योग्यताअनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिइने उनले बताए ।

मुलुकमा विकसित परिदृष्यलाई मध्यनजर गर्दै पार्टीलाई थप संगठित, समावेशी र बृहत् बनाउने उद्देश्यले पार्टी छाडेकालाई पुरानै घर फर्काउने अभियान जसपा नेपालले प्राथमिकताका साथ सञ्चालन गर्ने बताइएको छ ।

IME
khanepani