राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बिष्णु भण्डारीले भने, ‘हाम्रो २९ दिने आन्दोलनमै घुसपैठ गराएर सत्ता ढाल्न खोजिएको थियो’
वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १६:३२
shares

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बिष्णु भण्डारीले जेनजी आन्दोलनमा भएको घुसपैठ यस अघि शिक्षक आन्दोलनकै बेला गराउन खोजिएको खुलासा गरेका छन् । त्यसबारे जानकारी गराउन खोज्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नदिइएको समेत बताएका छन् ।
एमालेको शिक्षा तथा मानव स्रोत विभागले आयोजना गरेको बौद्धिक विमर्श कार्यक्रममा भण्डारीले त्यतिबेला २९ दिन लामो शिक्षक आन्दोलनमा घुसपैठ गर्ने योजना असफल पार्न धेरै मेहनत गरिएको बताए ।
उनले ओलीलाई त्यो बेलाको अनुभव सुनाउँदै सरकारले बेलैमा गम्भीर नबन्दा पछिल्ला घटनाहरु विकास भएको बताए ।
शिक्षक आन्दोलनमै घुसेर तत्कालीन सरकार ढाल्ने योजना बनाइएको र आफूहरुले ती योजना बिफल बताएको भण्डारीले बताए । कार्यक्रममा विभिन्न सहभागीले जेनजीका माग सम्बोधन गर्दै प्रतिक्रान्ति रोक्न अग्रसर हुन ओलीलाई सुझाव दिएका थिए ।
नयाँ पुस्तालाई नेपाल र नेपालीको बारेमा ज्ञान तथा नैतिक शिक्षा नै शिक्षा नीतिमा हटाइएकाले अहिलेको पुस्ता फरक ढंगको हुन पुगेको सहभागीले बताए ।



















