काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

सडक मर्मत सुधारको माग गर्दै,स्थानीयले गरे मध्यपहाडी सडक अन्तर्गत छहरे खण्ड अवरुद्ध

1.07K
shares
khanepani bord

नुवाकोट । सडक मर्मत सुधारको माग गर्दै मध्यपहाडी राजमार्गस्थित लिखु गाउँपालिका–६ छहरेमा आज स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् ।

सडक अवरुद्ध भएसगैँ टोखा–छहरे सडक हुँदै नुवाकोट र रसुवा आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । सडक अवरोधका कारण नुवाकोट र रसुवाबाट काठमाडौँ आवतजावत गर्ने गाडीबीच बाटोमा रोकिएका छन् । सडक खुलाउन आयोजनाका प्रतिनिधि र स्थानीयवासीबीच छलफल गराउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।

बिग्रिएको सडक मर्मतका लागि सम्बन्धित पक्षलाई गराएको ध्यानाकर्षणको बेवास्ता गरिएको भन्दै स्थानीयले आजदेखि अनिश्चितकालीन सडक अवरोध सुरु गरेका हुन् । मागको सुनुवाइ नभएकाले अनिश्चितकालीन विरोधको कार्यक्रम सुरु गरिएको स्थानीय नवराज थापाले जानकारी दिए ।

उनका अनुसार छहरेमा तीन वर्षअघि निर्माण गरिएको सडकमा खाल्डाखुल्डीका कारण दैनिकजसो दुर्घटना हुने गरेकाले तत्काल सुधारको माग गरिएको हो ।

IME
khanepani