जनार्दन र घनश्यामसँगको भेटबारे विप्लवले भने, ‘नयाँ कम्युनिस्ट केन्द्र निर्माणको पहल हुँदैछ’
वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १७:००
shares

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले जनार्दन शर्मा र घनश्याम भुसालसँग मिलेर नयाँ कम्युनिस्ट केन्द्र बनाउने सहमति भएको बताएका छन्।
निर्वाचन आयोगमा दल दर्ताको लागि पुगेका विप्लवले दुई नेताहरूबीच भएको सहमतिको आजै वक्तव्य आउने बताए। आज बिहान मात्रै तीन नेताहरूबीच भेटवार्ता भएको थियो।
त्यसबारे उनले भने, ‘उहाँहरूसँग नयाँ कम्युनिस्ट केन्द्रको लागि पहल गर्ने। समाजवादी केन्द्र निर्माणको लागि पहल गर्ने र तत्काल नेपालको अस्थिर सङ्कटपूर्ण राजनीति छ । त्यसलाई निकास दिनका लागि एउटा सचेत सबै मित्रहरूसँग मिलेर देशभक्त, समाजवादी, कम्युनिस्ट हरूसँग मिलेर निकासका लागि पहल गर्ने सहमति भएको छ।’
उनले कम्युनिस्ट पार्टी एकताको बहसमा जारी रहेको पनि बताए। उनले आफूहरू पनि चुनावमा जान तयार रहे पनि वातावरण भने बनिनसकेको बताए।



















