काठमाडौं । सरकार र जेनजीबीच जेनजी आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता र संविधान संशोधन...

पुरा पढ्नुहाेस्

९ उपसचिवसहित ४८ कर्मचारीको सरुवा, २३ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारी (सूचीसहित)

2.33K
shares
khanepani bord

काठमाडौं । ९ उपसचिव र ३९ शाखा अधिकृतसहित ४८ अधिकृतस्तरका कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार साँझ सरुवा हुनेको सूची सार्वजनिक गरेको हो ।

सरुवा सूची अनुसार २३ जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा ३ जना उपसचिवलाई विभिन्न नगरपालिका र २० जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।

यस्तै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका ६ जना उपसचिव र १० जना शाखा अधिकृतलाई अन्यत्र सरुवा गरिएको छ ।

IME
khanepani