काठमाडौं । सरकार र जेनजीबीच जेनजी आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता र संविधान संशोधन...

पुरा पढ्नुहाेस्

हाँ हुँको संविधान मिचेर बनेको सरकारलाई एमालले सघाउदैन ? संसद पुर्नस्थापना हुन्छः केपी शर्मा ओली (भिडियो सहित)

2.2K
shares
khanepani bord

काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री शुशिला कार्की प्रति तिखो टिप्पणी गरेका छन ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी पुनर्गठनको माग गर्दै केहीले नेताहरू अनुशासनहीन तरिकाले प्रस्तुत भएपछि महाधिवेशन गर्न लागेको बताएका छन् ।

विद्वत वर्गसँगको अन्तर संवादमा उनले केही नेताहरूले उपद्रो मच्चाएपछि एक वर्षपछि गरे हुने महाधिवेशन अहिले गर्न लागेको बताए ।

उनले भने, ‘ठिक छ, महाधिवेशनमा पुनर्गठन गरौँ न त । काम नगर्नेहरू गए हुन्छ, काम गर्ने बसे हुन्छ । कसले काम गरेको छ, छैन कार्यकर्ताले देखेको छ । कार्यकर्ताले फैसला गर्छ, यो दिनरातको र्‍याइँर्‍याइँ । मिडियामा गएर जताततै बोलेको छ ।’

उनले प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने बेलामा आफ्नो राजीनामा मागिएको भन्दै असन्तुष्टि जनाए । ओलीले ०७७ सालमा आफूलाई पार्टी सदस्यबाटै हटाउनेहरूलाई उपाध्यक्ष बनाएर पार्टी अघि बढाएको सुनाए ।

अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतलाई लक्षित गर्दै भने, ‘उनीहरूले कराँते सिक्ने भनेको अन्त होइन, मेरै टाउकोमा हान्नको लागि हो । अभ्यास नै त्यही भयो । जसले निकाल्यो, उनीहरूलाई मैले उपाध्यक्ष र सचिव बनाएको हो । नत्र भने कहाँबाट आउँथे ।’

उनले माधव नेपालहरूले एमाले ध्वस्त पार्न खोजे पनि आफूले बचाएर यहाँसम्म ल्याएको जिकिर गरे ।

IME
khanepani