काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

केयूकेएल महाँकालचौर शाखामा नयाँ मुखियाको उर्दि,मुखियाँलाई कालो मोसो र जुत्ताको माला लगाउने तयारी

9.4K
shares
khanepani bord

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) महाँकालचौर शाखाका नयाँ मुखियाले नयाँ उर्दि जारि गरेपछि नयाँ मुखिया र कर्मचारीहरुवीच लफडा शुरु भएको छ ।

सधै अरुका कुरा काटेर खाजा र दारुको लागि अरुको मुख ताक्ने केयूकेएल केन्द्रिय कार्यालयको दोस्रो दर्जाको महामुखियाँले ठालुमुखियाँसँग सौदाबाजी गरेर व्यक्तिगत रिसिइवी साँध्नकै लागि योजना बद्धढंगले त्यहा पठाइएका र बाँच्न व्यवस्थापन गरिदिने कै छोरी च्याँपेर हिडेका त्रिभुबन विश्वविद्यालयमा ज्यालादारीमा काम गरेर केयूकेएलमा सातौ तहमा प्रबेश गरेका प्रकाश थापाले महाँकालचौरमा आतंक मच्चाउन थालेको समाचार छ ।
दोलखाबाट खालिखुट्टा काठमाडौं आएका थापाले चापागाउ र किर्तिपुरको च्याङला फाँटमा घर बनाउन सफल भएका छन । उनको आम्दानीको स्रोत अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजि गर्न शुरु गरेको अख्तियार स्रोतले दावी गरेको छ ।

केयूकेएलको अर्थ तथा प्रशासन विभागको महाठालु मुखिया प्रकाशकुमार राईलाई सुरा र सुन्दरीको बन्दोबस्त मिलाईदिए बापत महाँकालचौर शाखाको मुखिया उपहार पाएका थापाको यतिखेर भुइमा खुट्टा छैनन । जागिरमा प्रबेश गरेका मितिदेखि कुनै शाखाको प्रमुख हुन नसकेका थापालाई बाँदरले नरिवल पाए जस्तो भएको छ ।

उनले शाखाका मिटररिडर कर्मचारीहरुलाई घरमा राखेको हरुवा चरुवालाई भन्दा तल्लो स्तरको व्यहोरा उल्लेख गरेर कार्यालयका ढोका ढोका र चोटा चोटामा सूचना टाँसेर बहादुरी कमाएका छन । राईलाई मासिक कबुलेर शाखामा आएको र उक्त रकमको व्यवस्था गर्न मिटररिडरलाई धम्काएर अरु कर्मचारीहरुलाई धर्काउने निति लिएको राईकै हनुमानहरुको तर्क रहेको छ । उनी आफैले पनि बिक्रम आर्चाय, बिकेश वधानथाछे, श्याम श्रेष्ठहरुसँग ठमेलको दोहोरी रेष्टुरेण्टमा राई सरलाई पाल्न निक्कै समस्या भएको दुखेसो समेत पोखेको विक्रमले गाँजा खाएको तलमा सहकर्मीहरुसँग बताएको समाचार स्रोतले दावी गरको छ ।

थापालाई पनि दारु, सुन्दरी र गजडीको आरोप विगत देखिनै लाग्दै आएको छ । विडिएस हेर्दा केयूकेएलका शाखा शाखाका प्रमुखहरुलाई राती १२ बजे फोन गरेर दोहोरीको पैसा तिर्न बोलाउने, गाँजाको नसाको तालमा रहने गरेको उनकै सहकर्मीहरुले समेत बेला बखत बताउने गरेका छन ।

तर, उनले अहिले लेखेको सूचनाको व्यहोरा र ताल हेर्दा नसाकै भरमा यस्तो सूचना जारि गरेको आरोपलाई पुष्टि हुने काम उनी आफैले गरेको केयूकेएलका आधिकारी युनियनका मुख्य मुख्य नेताहरुले बताउने गरेका छन ।

उनले दशै अगाडि एक जना महिला कर्मचारीलाई समेत अपमानित ढंगले र्दुव्यवहार गरेका थिए । उनी विरामि भएका कारण कतै उजुर बाजुर गर्न नसकेको बताइएको छ । उनलाई कार्यालयमै कर्मचारीहरुले कालो मोसो र जुत्ताको माला लगाउने तयारी समेत गरिरहेको समाचार स्रोतले दावी गरेको छ ।

IME
khanepani