काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

केदार घिमिरेले गरे चलचित्र पत्रकार कल्याणकारी कोषलाई २५ हजार सहयोग

910
shares
khanepani bord

काठमाडौं । हाँस्य कलाकार तथा अभिनेता केदार प्रसाद घिमिरे (माग्ने बुढा) ले चलचित्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोषका लागि नगद २५ हजार सहयोग गरेका छन्।

चलचित्र पत्रकार संघ नेपालले लामो समयदेखि पत्रकारहरूको स्वास्थ्य उपचार, आकस्मिक समस्या र आपतकालीन अवस्थाका लागि सञ्चालन गर्दै आएको कोषलाई सशक्त बनाउन ‘कल्याणकारी कोष अभियान’ चलाइरहेको छ। यही अभियान अन्तर्गत आइतबार अभिनेता घिमिरेले संघका प्रतिनिधिलाई नगद हस्तान्तरण गरेका हुन्।

सहयोग रकम बुझाउँदै अभिनेता घिमिरेले भने, ‘म आफ्नो अभिनयबाट कमाएको पारिश्रमिकको केही अंश सधैं समाजसेवामा खर्च गर्दै आएको छु। यो पटक चलचित्र पत्रकारहरूका लागि सानो सहयोग गरेको छु। पत्रकारहरू नै हाम्रो सिर्जनालाई द​र्श​कसम्म पुर्‍याउने माध्यम हुन् । उहाँहरूको सहयोग हाम्रो दायित्व पनि हो।’

चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले पनि अभिनेता घिमिरेको योगदानप्रति आभार व्यक्त गर्दै भने, ‘हाम्रो कोषले अहिलेसम्म करिब दुई दर्जन पत्रकारहरूको उपचारमा प्रत्यक्ष सहयोग गरेको छ। भूकम्प, कोरोना महामारीजस्ता संकटका समयमा पनि पत्रकारहरूलाई राहत र उपचार सहयोग पुर्‍याउँदै आएको छ। यस्तो सहयोगले कोषलाई अझ मजबुत र प्रभावकारी बनाउने छ।

त्यसैगरि, संघले चलचित्रकर्मी, कलाकार र अन्य शुभेच्छुकहरूलाई पनि पत्रकार कल्याणकारी कोषमा सहभागिता जनाउन आह्वान गरेको छ। अभिनेता घिमिरेको यो सहयोगले चलचित्र पत्रकारिता क्षेत्रमा सकारात्मक सन्देश र एकताको भावना जगाउने संघको विश्वास छ।

IME
khanepani